सुनको मूल्य आज घट्यो, कतिमा झर्यो ?
धनगढी, असार २६ । बजारमा आज सुनदीको मूल्य तोलामा दुई सय रुपैयाँ घट््दै प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै धेरै हो ।
आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत छ । आज चाँदी प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२६ असार २०७७, शुक्रवार ०६:१३ बजे प्रकाशित































