punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी चौकीबाट भागेका हत्या आरोपी पक्राउ

Chaupati
safha napa

धनगढी, असार २६ । इलाका प्रहरी कार्यालय फल्टुडे प्रहरी चौकीबाट प्रहरीलाई झुक्काएर भागेका हत्या आरोपी पक्राउ परेका छन् ।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राति हतकडीसहित थुनाबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई आज विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।

उनकाअनुसार ऐरलाई चुरे गाउँपालिका ६ सिराडीको ग्वासी मावि विद्यालय नजिकबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवीको हत्या गरेको आरोपमा बुधबारनै पक्राउ परेका थिए । उनले मङ्गलबार दिउसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुर आमाको बारीमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।


२६ असार २०७७, शुक्रवार ०५:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु