अर्जुन क्षेत्री फेरि पक्राउ, सहसचिव हुँ भन्दै ठगी गरेको आरोप
काठमाडौं, असार २६ । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री फेरि पक्राउ परेका छन् । आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भन्दै ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए ।
बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । उनी यसअघि उनी नेपालमा ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा पनि पक्राउ परेका थिए ।
२६ असार २०७७, शुक्रवार ०५:२६ बजे प्रकाशित





























