punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीले घुमाउरो पाराले राष्ट्रपतिको प्रस्ताव गरेको नेपालको खुलासा

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको स्वीकार गरेका छन् ।

बुधबार पार्टीको सचिवालय बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र यस क्रममा भएका भेटबारे ‘ब्रिफिङ’ गर्दै नेपालले बाहिर आएजस्तो सीधै प्रस्ताव नगरे पनि घुमाउरो पारामा ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताएका हुन् ।

आइतबार साँझ एकीकृत समाजवादीका नेता किसान श्रेष्ठको घरमा भएको भेटमा ओलीले नेपालसँग पार्टी एकताको प्रस्ताव समेत गरेका थिए ।

‘स्पष्टरुपमा राष्ट्रपतिको प्रस्ताव गरेको होइन’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘दल मिलाएर जाउँ, त्यसरी दल ठूलो हुँदै जाँदा हामी सबै कुरा प्राप्त गर्न सक्छौं ।’

नेपालले थप प्रष्ट्याउँदै भनेका थिए, ‘बाहिर आएको जस्तो प्रस्तावै गरेको होइन । तर, उहाँको मनोविज्ञानमा पर्याप्त त्यस्ता कुरा झल्किन्थ्यो ।’

तर, सार्वजनिक मञ्चहरुमा भने नेपालले ओलीसँगको भेट र प्रस्तावबारे खुलेर बोल्ने गरेका छैनन् । यसबारे मंगलबार दाङमा पत्रकारहरुले सोधेको प्रश्नमा नेपालले केही कुरालाई पर्दाभित्रै राख्न उचित हुने जवाफ दिएका थिए ।

तर, ओलीको राष्ट्रपतिको प्रस्तावप्रति खासै आशावादी नरहेको संकेत बैठकमा गरेका थिए । ‘उहाँ स्वयं यसबारे आशावादी भएको देखिएन’ ती सचिवालय सदस्यले नेपालको ‘मूड’ विश्लेषण गर्दै भने, ‘हामीलाई त यसै पनि आशावादी बनाउने खालको कुरा नै छैन ।’

तर, धेरै समयदेखि दुई नेताबीच संवाद हुन नसकेको अवस्थामा यो भेटले ‘आइसब्रेक’ गरेको एकीकृत समाजवादीका एक नेताले बताए। ‘तर यसलाई सकारात्मक रुपमा लियौं भने यसले आइसब्रेक भएको छ’, उनले भने।

ओलीको प्रस्तावले खासै आशावादी नभएको भनिएका नेपालले यसबारे राजनीतिक दलहरुसँग घनीभूत छलफलमा लाग्न नेताहरुलाई भनेका थिए।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिकै आधारमा अगाडि बढ्नका लागि सबै जसो राजनीतिक दलहरुसँग अब घनीभूत रुपमा अगाडि बढाउँ’ नेताहरुलाई नेपालले भनेका थिए, ‘अब समय धेरै पनि छैन । वार्ता गरौं ।’


१० फागुन २०७९, बुधवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु