punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नौ किलो चरेससहित तीन जना पक्राउ

Chaupati
safha napa

कैलालीमा नौ किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटमा सीमा इलाकाबाट सशस्त्र प्रहरीले नौ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीले रोल्पाको थवाङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूको साथमा चरेस फेला परेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको प्रहरीले जनाएको छ ।


१० फागुन २०७९, बुधवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु