punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिङ्देन भन्छन्- ‘गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन’

Chaupati
safha napa

सत्तारुढ घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन्

गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्षअघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।

यही बेला बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् ।

संयन्त्रको बैठकमा सरकारका कामकारवाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।

 


२९ माघ २०७९, आइतवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु