सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए पद तथा गोपनियताको शपथ, दुई जना मन्त्री नियुक्त
प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार र नरेश शाही आर्थिक मामिलामन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री शाहले शुक्रवारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् । उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् ।
मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजनै पद तथा गोपनियताको शपथ लिएका छन् ।
२७ माघ २०७९, शुक्रवार १६:०० बजे प्रकाशित































