‘पठान’को कमाइ भारु ७२५ करोड पुग्यो
बलिउड फिलम ‘पठान’ले ब्लकबस्टर दौड कायमै राखेको छ। फिल्मको विश्वव्यापी कमाइ भारु ७ सय २५ करोडबाट उकालो लागेको छ। फिल्मले घरेलु बक्स अफिसमा मात्रै भारु ३७८.१५ करोड कमाइ गरेको छ।
फिल्मको अभूतपूर्व सफलताको बीचमा, शाहरुख खानलाई फ्यानले पठानको वास्तविक कलेक्सनको बारेमा सोधेका छन्। जवाफमा शाहरुखले पठानले करोडौंको माया पाएको बताएका छन्।
ट्विटरमा फ्यानले लेखेका छन्, ‘पठानको वास्तविक संग्रह कति छरु शाहरुखले जवाफमा लेखेका छन्, ‘५ सय करोड माया, ३ सय करोड प्रशंसा, ३ हजार २५० करोड हग्स, २ बिलियन मुस्कान।’
फिल्म ‘पठान’ विश्वभरि सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मको सूचीमा प्रवेश गरेको छ। फिल्म ‘दंगल’ले हिन्दी भाषामा बनेका फिल्महरूमा विश्वभर सबैभन्दा बढी २०२४ करोडको कलेक्सन गरेको थियो। दोस्रो नम्बरमा सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ थियो जसले विश्वभर ९६९.०६ करोडको कुल कलेक्सन गरेको थियो। अब पठान ६९६.९८ करोडको साथ यो सूचीमा प्रवेश गरेको छ।
‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ लगायतका फिल्म चीनमा पनि हिट भएका थिए।
फिल्म ‘पठान’ सबैभन्दा कम समयमा ३०० करोड कमाउने फिल्म बनेको छ। पठानले ओपनिङ सातामै ३१८.५० करोड कमाएर कीर्तिमान बनाएको थियो। यसअघि ‘केजीएफ २’ को हिन्दी संस्करणले पहिलो हप्तामा सबैभन्दा बढी कमाइ गरेको थियो।
‘केजीएफ २’ले पहिलो हप्तामा २६८.६३ करोड कमाएको थियो भने ‘बाहुबली २’ले २४७ करोड कमाएको थियो। पठानले रिलिजसँगै यी सबै रेकर्ड ब्रेक भएका छन्।
२२ माघ २०७९, आइतवार ०८:०६ बजे प्रकाशित































