punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर

Chaupati
safha napa

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका -३ मा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका -३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ । उनको धनगढीको एक निजि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


१३ माघ २०७९, शुक्रवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु