punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले रोस्टमबाट भने – टीकापुर घटनामा रेशम चौधरी संलग्न थिएनन्, छुटाउन छुट्टै कानुन बनाउँछौँ

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी टीकापुरमा ८ जनाको हत्या भएको घटनामा संलग्न नरहेको बताएका छन्।

मंगलबार संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

रेशम चौधरी टीकापुर घटनामा संलग्न थिएनन्। मैले उनलाई दिल्लीमा गएर पनि भेटेको थिएँ। रेशम चौधरीलाई अन्ययाय भएको छ, न्याय दिनुपर्छ भनेको थिएँ, उनले भने,पछिल्लो पटक उहाँलाई छुटाउन तराई मधेशसहितका दलहरुसँग नेपाल सरकारले गरेका सम्झौताका आधारमा हामी काम गर्छौँ। अध्यादेशका आधारमा रेशमसहितलाई छटाउने पहल भएको थियो। तर अब त सदन नै आएको छ।

उनले अब यही सदनबाट सही विधेयक ल्याएर छुटाउने बताए। अब कानुनबाट नै रेशमसहितलाई छटुटाउने कानुन बनाउछौँ उनले भने, रेशम चौधरीको विषय अलिक जटिल छ। अदालतमा मुद्दा भएकाले कानुनको व्यवस्था गरेर छुटाउने पहल सरकारले गर्छ।


२६ पुस २०७९, मंगलवार २०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु