punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो चरेशसहित काठमाडौंबाट ४ जना पक्राउ

Chaupati
safha napa

प्रहरीले ३३ किलो चरेशसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।

काठमाडौंको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकाशराज खनालले बताए । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेश बरामद गरिएको छ ।

चन्द्रागिरी स्थित देउराली भञ्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौंसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।


८ पुस २०७९, शुक्रवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु