punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप सेमिफाइनल : पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

Chaupati
safha napa

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिक क्वार्टरफाइनल खेलमा फ्रान्सले  इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगे । जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् ।

यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलको यात्रा गर्‍यो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराउन सफल भयो ।

दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ ।


२५ मंसिर २०७९, आइतवार ०६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु