punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२८ लाख ३१ हजार मतसहित समानुपातिकमा एमाले पहिलो पार्टी, एस राष्ट्रिय दल बन्न सकेन

Chaupati
safha napa

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २८ लाख ३१ हजार मत कटाएर पहिलो पार्टी बनेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार मंगलबार १ करोड ५ लाख २३ हजार ७१३ मत गणना हुँदा एमालेले २८ लाख ३१ हजार २७६ मत ल्याएर पहिलो स्थान कायम गरेको हो।

नेपाली कांग्रेसले २७ लाख ४ हजार ४२७ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ७० हजार २६२ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३ मत ल्याएर चौंथो स्थान कायम गरेको हो।राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५९९ मत पाएका छन्।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २ लाख ९७ हजार ८४३, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७०६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ३४० मत ल्याएका छन्।
हाल‍सम्मको सार्वजनिक मतगणनामा थ्रेस होल्ड नकटाउँदा एकीकृत समाजवादी र लोसपा समेत राष्ट्रिय पार्टी बन्न सकेका छैनन्। राष्ट्रिय दल बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने प्रावधान छ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन्।


२० मंसिर २०७९, मंगलवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु