punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

उदयपुरको कटारी नगरपालिका-२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी-२ का ३० वर्षीय दिलकुमार थापा मगर रहेका छन्।

हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको छ।


२० मंसिर २०७९, मंगलवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु