धनगढीमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृत्यु
धनगढीमा सेप्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।
बिहीबार धनगढी उपमहानगरपालिका १५ शान्त कटान बस्ने अमर सार्कीका २ वर्षीय छोरा धिरज सार्कीको सेप्टी ट्याङ्कीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आफ्नै घर नजिक रहेको सेप्टी ट्याङ्कीमा खसेर घाइते भएका उनलाई उपचारको लागि माया मेट्रो अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थियो।
२ मंसिर २०७९, शुक्रवार ०६:४१ बजे प्रकाशित






























