punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको मूल्य, कति पुग्यो

Chaupati
safha napa

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रूपैयाँले बढेर १ हजार ३२५ रूपैयाँमा किनबेच भएको थियो।


३० कात्तिक २०७९, बुधवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु