punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनोरोगीका लागि औषधि भन्दा लाभदायक हुन्छु एक्सरसाइज

Chaupati
safha napa

मानसिक स्वास्थ्य समस्या खेपिरहेकाहरूका लागि औषधि भन्दा शारीरिक अभ्यास लाभदायक हुने पाइएको छ। एक अध्ययनले एक्सरसाइज गर्दा मनमा निराशाको भावना कम पैदा हुने तथ्य सार्वजनिक गरेको छ।

साइक्याट्रिक रिसर्चमा प्रकाशित एक शोधका अनुसार मानसिक स्वास्थ्य संकटबाट गुज्रि रहेका मानिसले दैनिक ३० मिनेट कसरत गर्दा तनाव कम हुन्छ। नियमित कसरत गर्ने मानिसमा आत्महत्याको सोच पनि आउँदैन।

रिसर्चर फेबियन डी लेग्रान्ड र उनको टिमले १८ देखि ६५ उमेर समूहका महिलामा अध्ययन गरेको थियो। अध्ययनमा आत्महत्याको प्रयास गर्ने महिलालाई लिइएको थियो। उनीहरूसँग केही प्रश्न गरेर मनभित्रको निराशा र आशाको बारेमा जानकारी लिइएको थियो। जसबाट उनीहरूमा कसरत गर्दा मन धेरै आशावादी भएको पाइएको थियो।

उनीहरूलाई नियमित थेरापीका साथै दुई दिन ३०/३० मिनेट आफूलाई मन कार्य गर्न लगाइएको थियो। ती मध्ये केहीले शारीरिक अभ्यास गरेका थिए। केहीले कोठामा बसेर किताब बढे, केहीले खेल खेलेका थिए। ती मध्ये शारीरिक व्यायाम गर्ने महिलामा मानसिक सन्तुलनको अवस्था निकै सुधारोन्मुख पाइएको थियो।

अध्ययनले एक्सरसाइजको समयलाई लिएर उनीहरू उत्साही भएको र त्यसको प्रभाव औषधिको भन्दा राम्रो परेको पाइएको थियो। अध्ययनमा सहभागी भएका महिलालाई फारम भर्न लगाएर उनीहरूको अनुभव सोधिएको थियो। यसले सातामा दुई दिन शारीरिक एक्सरसाइज गर्ने महिलामा निराशाको कमी पाइएको थियो। तर, एक्लै रहने महिलामा कुनै परिवर्तन आएको थिएन।एक्सरसाइजले महिलामा आत्मनिर्भरताको भावनाको विकास गरिदिएको थियो।


३० कात्तिक २०७९, बुधवार ११:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु