बझाङमा बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का धनगिरी सार्की पक्राउ परेका हुन्।

पीडितपक्षले गत भदौ ९ गते वृद्धले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई लगातार बलात्कार गरेको बताएका हुन्। खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ।

बालिकाकी आमा माइती घर गएको मौका छोपी धनगिरीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बझाङलेउनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


१४ कात्तिक २०७९, सोमवार २०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु