punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालगञ्जको चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा चुराको गोदाममा आज एक्कासि आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए ।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट करिब ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


१३ कात्तिक २०७९, आइतवार १७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु