punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ८ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र पठाइयो

Chaupati
safha napa

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र आज सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा पठाएको छ। कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा आइतबार बिहान प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र पठाइएको हो ।

यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि पठाइएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय गरी निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सकिएको छ ।


१३ कात्तिक २०७९, आइतवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु