नागार्जुनमा जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ
काठमाडौंको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् । गयराति नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्कनजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद भएको बताइएको छ । पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।
११ कात्तिक २०७९, शुक्रवार ११:३८ बजे प्रकाशित












