दैलेखमा जेसीबीले ठक्कर दिँदा एक जनाको मृत्यु

दैलेखमा भैरवी गाउँपालिकाको जेसीबीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जेसीबीको ठक्करबाट भैरवी गाउँपालिका(३, कुराँहका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको हो ।

गाउँपालिकाको शहीदगेटदेखि डाँडीमाडीखण्डको बाटो मर्मत गरी फर्किएको भे १ क १६४२ नम्बरको डोजरले खातुनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

डोजर चालक प्रविणकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


९ कात्तिक २०७९, बुधवार १०:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु