punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

Chaupati
safha napa

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने वर्ष २२ की शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै निधन भएको हो । ट्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।

अध्यक्ष वनेमका अनुसार ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।


२ कात्तिक २०७९, बुधवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु