punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

Chaupati
safha napa

निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक पार्टीसँग छलफल गर्ने भएको छ। आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। आयोगका एक आयुक्तका अनुसार छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीलगायत १२ वटा राजनीतिक दलका पदाधिकारीलाई बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आयोग जाने वा नजाने जानकारी आइसकेको छैन।

आयोगले केही दिनमा आचारसंहिता लागु गर्ने तयारी गरेको छ। त्यसअघि दलहरूबाट प्रतिवद्धता लिन आयोगले छलफलका लागि बोलाएको हो। गत वैशाखमा भएको स्थानीय तह चुनावका बेला पनि आयोगले दलहरूसँग आचारसंहिताबारे छलफल गरेको थियो।


९ असोज २०७९, आइतवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु