कैलाली कारागारमा भण्डारीद्धारा सेनेटरी प्याड वितरण
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र न.५ बाट उम्मेदवार क्षितिज भण्डारीले आक्रमण चुनावी प्रचारसँगै निर्वाचन आचारसंहिता विपरीत खसी देखि सेनेटरी प्याड र स्वास्थ्य सामाग्री बाडन सुरु गरेका छन् ।
समाजसेवी युवा नेता भण्डारीले आफू लोकतान्त्रिक आन्दोलनमा दर्जनौँ पटक जेल गएको सम्झना गर्दै कैलाली कारागारमा पनि ३ महिना जेल गएकोले जेलमा दसैँ आदिमा खसी दिँदै आएको सम्झना गर्दै ६१८ कैदी बन्दी लाई स्वर्गीय बाजे डिल्लीराज भण्डारीको स्मृतिमा स्वास्थ्य सामाग्री, सेनेटरी प्याड आदि बाडेको छन् ।
धनगढीमा चुनावी भोजभतेरसँगै सबै वार्ड म पम्पलेटिङ्ग गर्दै चुनावी कार्यालय खोलेका भण्डारी को बाँड्ने काम को विपक्षी दलले भने आलोचना गरेका छैनन् । बालबालिका लाई चकलेट र खाजा दिँदै भण्डारीले नेपालको कारागारमा कानुनी परामर्शको अभावमा धेरै युवा बलात्कार, लागु औषधि र कर्तव्य ज्यान मुद्दामा जबरजस्त फसेको चर्चा गर्दै आफू संसदमा चुनाव जितेपछि जेलको स्तरोन्नति गरेर मामाघर, सुधार र तालिम गृह बनाउने बताए ।
कार्यक्रमका आयोजक श्री श्री रवि शंकरको आर्ट अफ लिङ्गका सुदूरपश्चिम प्रदेश संयोजक नवीन ओझाले युवानेता भण्डारीको सहयोग कैदीबन्दी लाई गृह मन्त्रालयको अनुमति लिएर बाडेको बताउँदै ८ दिनसम्म जेलमा योग र ध्यान प्रशिक्षण कार्यक्रम समेत जेलर नरबहादुर थापाको अनुमतिमा सञ्चालन भइरहेको बताए ।
६ असोज २०७९, बिहीवार १७:१२ बजे प्रकाशित












