डा. केसीलाई लिन आएको सेनाको स्काइ ट्रक काठमाडौं फर्कियो

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीलाई काठमाडौं लैजान नेपाली सेनाको स्काइ ट्रक धनगढी विमानस्थल पुगेर फर्किएको छ । ९ दिनदेखि अनशनमा रहेका डा. केसीले काठमाडौं नजाने अडान राख्दै आएपछि बिमान फर्किएको हो । २ घण्टा भन्दा पनि लामो समयदेखि सेनाको स्काइ ट्रक धनगढी बिमान स्थलमै रोकिएको थियो ।

सरकारले मंगलबार दिउँसो सेना हेलिकप्टर धनगढी पठाएको थियो तर उनी जान मानेनन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले डा.केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको भएपनि उनले जान नमानेको बताए । उनले जान नमानेपछि अहिले सेनाको स्काइ ट्रक फर्किएको समेत उनले बताए ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालको छ ।


४ असोज २०७९, मंगलवार १७:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु