‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका पत्रकार विदुर फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका पत्रकार फेला परेका छन् । आज बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भएका उदयपुरका पत्रकार विदुर कटुवाल मकवानपुरमा फेला परेका हुन् ।

उनी अहिले आफूसँगै रहेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्काले जानकारी दिए । पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कटुवाल आज मकवानपुरमै रहने र भोलि परिवारसँग भेट गराउने जनाए ।

‘अलबिदा’ लेखेर मोबाइल अफ गरेपछि पत्रकार महासंघले उनको खोजीमा तीव्रता दिएको थियो । प्रहरीले पनि हाइ अलर्ट रहेर खोजी गरिरहेको जनाएको थियो ।


३ असोज २०७९, सोमवार २२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु