गोठाटारमा गोली लागेर घाइते भएका अहमदको मृत्यु
सोमबार साँझ काठमाडौंको गोठाटारमा भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल अहमदको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनी गार्मेन्ट सञ्चालक रहेको बताइएको छ । शंकरापुरमा उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । प्रहरीले चार राउन्ड गोली चलेको अनुमान गरेको छ । गोली कसले चलाएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३ असोज २०७९, सोमवार २१:४४ बजे प्रकाशित












