अनशनरत डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सेतीको आग्रह

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै आठ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।
२० औं अनशनमा धनगढीको कृष्ण मन्दिर धर्मशालामा बसेका डा केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई धनगढीस्थीत सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो । तर उनलाई अस्पतालमा राखिएपनि स्वास्थ्यमा सुधार आएको छैन् ।

अस्पतालले आज तेस्रो दिन पनि विज्ञप्ति निकाल्दै डा केसीमा टाउको दुख्ने रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गा¥हो हुने, शरीरको मासपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ ।
उनको अवस्था निकै नाजुक भएपछि सेती प्रादेशिक अस्पतालले केसीलाई उपचारका लागि अन्यत्र लैजान आग्रह गरेको छ । यस्तैे डा केसीको ३ किलो तौल घटेको छ ।
अस्पातलका अनुसार शरीर र पोषण तत्व र पानीको कमी भएको कारण केसीमा यस किसिमको समस्या देखिएको हो ।

अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको छ ।

No description available.

 


३ असोज २०७९, सोमवार १४:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु