कैलालीका डीएसपी जोशीलाई नेपाल प्रताप सुभूषण पदक

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी नेपाल प्रताप सुभूषण पदकमा सिफारिस भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रवक्ता तथा प्रहरी उपरीक्षकको जिम्मेवारी सम्हालिरहेका जोशी नेपाल प्रताप सुभूषणका लागि सिफारिस भएका हुन्।

संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।


३ असोज २०७९, सोमवार ११:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु