देशभर थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ ।

जसमध्‍ये २ हजार १५२ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन र १७ जना आईसीयूमा छन् ।यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।


२८ भदौ २०७९, मंगलवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु