सुदूरपश्चिममा ६७ हजार बढी अपाङ्गता, सम्मानजनक शब्द प्रयोग गर्न आग्रह
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा ६७ हजार बढी अपाङ्गता भएका व्यक्ति रहेका छन् । मङ्गलवार सुदूरपश्चिम प्रदेशमा मनोसामाजिक अपाङ्गताको मूल प्रवाहीकरण परियोजना अन्तरगत सञ्चार माध्यममा मनोसामाजिक अपाङ्गताको सवाललाई मूल प्रवाहीकरण सम्बन्धी पत्रकारहरूसँग कार्यशाला कार्यक्रममा प्रदेशका नौ वटै जिल्लामा महिला र पुरुष गरी ६७ हजार आठ सय ३२ जना अपाङ्गता भएका व्यक्ति रहेको विवरण प्रस्तुत गरिएको हो ।
कोशिश-राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको आयोजना, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको समन्वय र फेल्म नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा २०७८ को जनगणनाको विस्तृत विवरण आईनसकेकोले २०६८ को जनगणनाको तथ्याङ्कलाई आधार मानी मनोसामाजिक अपाङ्गताको सवाल रही विभिन्न समस्या र चुनौतीहरूका बारेमा छलफल गरिएको छ ।
२०६८ को जनगणनाको तथ्याङ्कको अधारमा सबैभन्दा बढी कैलाली जिल्लामा आठ हजार एक सय ४३ पुरुष र सात हजार दुई सय ३५ गरी जम्मा १५ हजार तिन सय ७८ अपाङ्गता भएका व्यक्तिहरू रहेको जनाइएको छ ।
यस्तै, कञ्चनपुरमा चार हजार आठ सय ३० पुरुष र चार हजार दुई सय ४२ जना गरी जम्मा नौ हजार ७२ अर्थात् ९२.०१० प्रतिशत, दार्चुलामा दुई हजार तिन पुरुष र एक हजार छ सय ६६ महिला गरी जम्मा तिन हजार छ सय ६९ जना अर्थात् (२.७५) प्रतिशत, डोटीमा तिन हजार पाँच सय ८३ पुरुष र तिन हजार सात सय १९ महिला गरी सात हजार तिन सय दुई जना (३.४५) प्रतिशत, डडेल्धुरामा दुई हजार सात सय ४२ पुरुष र दुई हजार चार सय आठ महिला गरी पाँच हजार एक सय ५० (३.६२) प्रतिशत, बाजुरामा तिन हजार दुई सय २४ पुरुष र दुई हजार छ सय ७१ महिला गरी जम्मा पाँच हजार आठ सय ९५ (४.३७) प्रतिशत, बझाङमा दुई हजार पाँच सय ३४ पुरुष र दुई हजार चार सय ४२ महिला गरी जम्मा चार हजार नौ सय ७६ (२.५५), बैतडीमा चार हजार एक सय ९३ पुरुष र तिन हजार पाँच सय ९५ महिला गरी जम्मा सात हजार सात सय ८८ जना (३.१०) प्रतिशत र अछाममा चार हजार चार सय ११ पुरुष र चार हजार एक सय ९१ महिला गरी जम्मा आठ हजार छ सय दुई जना अर्थात् (३.३४) प्रतिशत जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
देशभर कुल जनसङ्ख्याको १.९४ प्रतिशत जनसङ्ख्या अर्थात् पाँच लाख बढी अपाङ्गता व्यक्ति रहेका छन् । जस मध्ये मनोसामाजिक अपाङ्गता भएका पुरुष १६हजार सात सय ८७ र महिला १४ हजार दुई सय १० जना गरी जम्मा ३० हजार नौ सय ९७ जना रहेका छन् । यो सङ्ख्या कुल अपाङ्गता भएका व्यक्तिहरूको ६ प्रतिशत हुन आउने मनोसामाजिक अपाङ्गताका भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्दै आइरहेको गैर सरकारी संस्था कोशिशले जनाएको छ ।
यस्तै, मनोसामाजिक समस्या सम्बन्धी परामर्श तथा मदतका लागी पैसा नलाग्ने टोल फ्री नं. १६६०१०५६७१५ मा सम्पर्क गर्न समेत कोशीश ले आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका पत्रकार महासँघमा आबद्ध तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूका बारेमा समाचार सम्प्रेषण गर्दा तथा अन्य कुनै पनि क्षेत्रमा बोलाउँदा होस या सम्बोधन गर्दा जोसुकै व्यक्तिले पनि अपमान जनक शब्द नभई निम्न सम्मान जनक शब्द मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।
विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा समाजका गन्य मान्य धेरै जसो व्यक्तिहरूले अझै पनि अपाङ्गताका भएका व्यक्ति र फरक क्षमता भएका व्यक्ति बिचको भिन्नता थाह नपाएको सम्बन्धित संस्थाहरूले दुख समेत व्यक्त गरेका छन् ।
नेपाल भरिमा अपाङ्गताका क्षेत्रमा काम गर्ने चार सय बढी गैर सरकारी संस्थाहरू मध्येको एक संस्था कोशीश हो भने । यसले कैलालीको धनगढी उपमहानगरपालिका बाट पनि सेवा दिइरहेको छ ।
यसका साथै धनगढीमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव एवम् वानका केन्द्रिय कोषाध्यक्ष हरि जोशी, अपाङ्ग महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मान ब. साउँद, अधिवक्ता जुहारीलाल चौधरी, कोशीश धनगढी उप-महानगरपालिकाका परियोजना अधिकृत खडक राम ओड तथा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको प्रतिनिधित्व गर्ने पत्रकारहरूको सहभागिता रहेको थियो ।
२८ भदौ २०७९, मंगलवार २१:१३ बजे प्रकाशित












