कैलालीको एक घरमा भकारीभित्र लुकाएर राखेको ८ लाख भारु फेला

कैलालीमा एक जनाको घरबाट स्रोत नखुलेको रकम फेला परेको । धनगढी उपमहानगरपालिका–१८ फूलवारी एफ गाउँका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ५ सयका दरले १६ सय नोट गरी जम्मा ८ लाख भारु फेला परेको हो ।

उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

विक केही दिन अघि भारतबाट फर्किका हुन् । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२८ भदौ २०७९, मंगलवार १६:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु