घट्यो सुनको मूल्य

आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ रहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ रहेको थियो।

सुनको मूल्य घटेपनि सोमबार पनि चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर रहँदै आएको छ। महासंघले सोमबार चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ।


२७ भदौ २०७९, सोमवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु