मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनका बिषयमा धनगढीमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीेको आयोजनामा मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनका बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । छलफल तथा कार्यक्रममा पछिल्लो समय मानव अधिकार उल्घनका घटना बढ्दै गएको अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार उल्लंघनका घटना बढिरहेका बेला मानव अधिकारकर्मी बिच नै ऐक्यबद्धता नहुँदा मानव अधिकार संरक्षणको आन्दोलन कमजोर बन्न पुगेको भन्दै नागरिक अगुवाहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मोहनदेव जोशीले न्यायिक निकायमा पीडित भन्दा राजनीतिक प्रभावका कारण आरोपितको पक्षमा बढी वकालत हुने हुँदा पीडितले न्यायिक निकायसम्म पुग्न समस्या भएको बताउँदै सबै न्यायिक निकायलाई पीडितमैत्री बनाउन आवश्यक रहेको सुझाव दिए ।
मानव अधिकार सम्वन्धी काम गर्दा कसले के काम गर्ने र कसरी गर्ने भन्ने बिषयमा समन्वय नहुँदा समस्या बढेको ओरेकका बिनु रानाले बताइन् । मानव अधिकार सम्वन्धी काम गर्ने आफुहरुनै कहिले काही सुरक्षित महशुस नगर्ने उनले बताइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकको संरक्षण हुन आवश्यक रहेको बताए । जोशीले मानव अधिकारकर्मीलाई पनि कार्य सम्पादनमा थुर्पै चुनौती थपिएको बताए ।

उनले बिभीन्न किसीमले मानव अधिकार उल्घङन भएको बताउँदै ती सबैमा न्याय दिलाउन निकै समस्या रहेको बताए । उनले मानव अधिकार रक्षकहरु आफैं पनि सुरक्षित नभएको अवस्था रहेको बताए ।
यसको समाधानका लागि मानव अधिकार रक्षकको अधिकार संरक्षण र संरक्षको लागि कानुन निर्माण गर्नेमा जोड दिनुपर्ने इन्सेक प्रमुख जोशीले बताए ।
कार्यक्रममा बिभीन्न संघसंस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार तथा सरोकारवाला निकायको उपस्थिति थियो ।

 

 


१० भदौ २०७९, शुक्रवार २३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु