कैलालीमा हतकडीसहित फरार भएका युवक पक्राउ

कैलालीमा हतकडीसहित फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका ४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरी हतकडीसहित फरार भएका थिए ।

आफ्नै बुवालाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले शंकरलाई पक्राउ गरेपनि उनी प्रहरीकै अगाडिबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उनले आफ्नै बुवालाई कुटपपिट गरेको उजुरी परेपछि उनलाई शुक्रबार घरबाटै पक्राउ गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले उनलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार शंकरको खोजी गर्ने क्रममा उनलाई जोशीपुर–४ हसनापुरबाट पक्राउ गरिएको हो ।


१० भदौ २०७९, शुक्रवार २२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु