एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, ११ एजेन्डामा छलफल हुने

प्रमुख विपक्षी दल नेकपा एमालको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा विभिन्न ११ वटा एजेन्डामा छलफल हुनेछ । एमालेको बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको थियो ।

पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आजको केन्द्रीय कमिटी बैठकमा पहिलो एजेन्डाका रूपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेस हुनेछ । मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई शपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेन्डा रहेको छ ।

पार्टी सचिवालयले गरेका निर्णयहरू पेस गर्ने तेस्रो एजेन्डा रहेको र उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेन्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै पाँचौँ एजेन्डामा स्थानीय निर्वाचनका सम्बन्धमा छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन पेस हुनेछ ।

अन्य एजेन्डामा केन्द्रीय सल्लाहकार परिषद् र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने लगायत रहेका छन् ।


१० भदौ २०७९, शुक्रवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु