कैलाली उद्योग वाणिज्य सङ्घ र वीरगन्ज उद्योग वाणिज्य सङ्घबीच ६ बुँदे सम्झौता

कैलाली उद्योग वाणिज्य सङ्घ र वीरगन्ज उद्योग वाणिज्य सङ्घबीच ६ बुँदे सम्झौता भएको छ । विभिन्न जिल्लाको भ्रमण अवलोकन गर्ने सिलसिलामा वीरगन्ज पुगेको कैलाली उद्योग वाणिज्य सङ्घ र वीरगन्ज उद्योग वाणिज्य सङ्घबीच पारस्परिक सम्बन्ध प्रबर्द्धन र अनुकुल सम्बादलगायतका लागि ६ बुँदे सम्झौता भएको हो ।

मङ्गलबार एक कार्यक्रमकाबीच कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर र वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा। सुबोधकुमार गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार आ(आफ्नो क्षेत्रमा अर्थ, वाणिज्य, उद्यम तथा संगठनको प्रवर्द्धन तथा विकासका लागि प्रत्यक्ष सम्पर्क गरिने, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् व्यापारिकसग सम्बन्धित गतिविधिबारे नियमित सूचना आदानप्रदान गर्नेलगायत उल्लेख छ ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुँवर नेतृत्वको ११ जनाको टोली देशका विभिन्न जिल्लाको भ्रमणमा छ ।

 


७ भदौ २०७९, मंगलवार १५:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु