बीमाको लोभमा जब चालकले आफ्नै टिपरमा लगाए आगो

बीमाको लोभमा परी टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् ।  मंगलबार बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले चालक र सहचालकलाइ पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा म‌गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।

एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए ।

तर सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

 


७ भदौ २०७९, मंगलवार १४:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु