बाजुरामा बन्द गर्दै हिडेका बिप्लव नेतृत्वका ९ जना पक्राउ

बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ९ जना पक्राउ परेका छन । बाजुरा सदरमुकाम मार्तडीबाट ३ जना र बुढिनन्दा नगरपालिकाबाट ६ जना गरी ९ जनालाई पक्राउ गरी प्रहरीको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएस्पी सुर्य बहादुर थापाले बताए ।

बन्दको आह्वन गर्दे हिडेका कम्युनिस्ट पार्टी बाजुराका ९ जना कार्यक्रता प्रकाउ पक्राउ गरिएको डिएसपी थापाले बताए । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदैँ हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ९ जना कार्यक्रता प्रक्राउ गरिएको हो ।

 


७ भदौ २०७९, मंगलवार १३:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु