कैलालीमा दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

कैलालीमा २ नाबालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लम्कीले दुई जना नाबालिकालाई करणी गरेको आरोपमा लम्की चुहा नगरपालिका वडा नम्बर ८ बचेला बस्ने ६२ वर्षका गणेशसिंह ठकुरीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काका अनुसार दुई जना नाबालिकालाई बलात्कार गरेको उजुरी परेपछि ठकुरीलाई पक्राउ गरिएको हो ।

ठकुरीले नौ र सात वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।


७ भदौ २०७९, मंगलवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु