बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते
बैतडीमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीका १३ वर्षीय पारस धनाडी चितुवाको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले धनाडीमाथि बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको थियो। बालकको उपचार प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भइरहेको छ ।
७ भदौ २०७९, मंगलवार १२:०४ बजे प्रकाशित












