कैलालीमा फेला परेका शंकास्पद बस्तु सेनाद्धारा डिष्पोज
कैलालीको गोदावरी नगरपालिकाका दुई ठाँउमा शंकास्पद वस्तु फेला परेको छ ।
मंगलबार बिहानै ६ बजेको समयमा अत्तरिया चौराह १ र वडा नम्बर ६ हरैया आबास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
मोहनापुल–अत्तरियामा रहेको शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । हरैयामा भेटिएको संकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगिसकेको उनले बताए ।
कैलालीमा बजार आंशिक रुपमा खुला रहेका छन् भने अटो, मोटरसाइकल चलेको छ । बिधालयहरु पनि बन्द रहेको छ । मंगलबार विप्लव नेतृव्तको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।
७ भदौ २०७९, मंगलवार ०८:४५ बजे प्रकाशित












