धनगढीबाट एक किलो चरेशसहित एक जना पक्राउ
एक किलो चरेशसहित प्रहरीले कैलालीबाट एक जना पक्राउ गरेको छ।
प्रहरीका अनुसार बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भइ हाल धनगढी उपमहानगरपालिका(१२, जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंह पक्राउ परेका हुन्।
जुगेडास्थित किराना पसलबाट उनलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
६ भदौ २०७९, सोमवार १४:०५ बजे प्रकाशित












