बार्सिलोना पहिलो खेलमै बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ ।

घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाए पनि अग्रपंक्तिमा भने चुस्त देखिएन ।

भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरे पनि गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोलविहीन रहे ।

खेलको इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

 

 


२९ साउन २०७९, आइतवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु