भारतका दिग्गज शेयर कारोबारी राकेश झुनझुनवालाको निधन

भारतीय शेयर मार्केटमा ‘बिगबुलु भनेर चिनिने राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा निधन भएको छ । उनलाई भारत मुम्बईको क्याण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

दिग्गज कारोबारी झुनझुनवालको उपचारकै क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । आज बिहान स्थानीय समयअनुसार ६ बजेर ४५ मिनेटमा उनले अन्तिम सास लिएका हुन् ।

राकेश झुनझुनवालालाई भारतमा ुुवारेन बफेटु पनि भन्ने गरिन्छ । शेयर मार्केटबाट मनग्य पैसा कमाएपछि बिग बुल एयरलाइन क्षेत्रमा पनि उनी उत्रेका थिए । उनले नयाँ एयरलाइन्स कम्पनी आकासा एयरमा ठूलै लगानी गरेका थिए । ७ अगस्टदेखि कम्पनीले अपरेसन सुरु गरेको छ । ६ हजार रुपैया लिएर स्टक मार्केट छिरेका झुनझुनवालाले हजारौँ करोडको सम्पत्ति जोडेका छन् ।


२९ साउन २०७९, आइतवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु