निहारिका राजपुतबारे कानुनमन्त्री र महान्यायधिवक्तासँग राष्ट्रपतिले गरिन् छलफल
आफूमाथि बलात्कार भएको भन्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सो विषयमा चासो राखेकी छन् । निहारिकले शुक्रबार आत्मदाहको प्रयास गर्दा प्रहरीले उनलाई जोगाएको थियो ।
यही विषयलाई लिएर राष्ट्रपति भण्डारीले शनिबार कानुनमन्त्री गोविन्द बन्दी र महान्यायधिवक्ता खम्ब खातीसँग छलफल गरेकी हुन् । राष्ट्रपतिले उनलाई न्याय दिलाउने विषयमा सरकारबाट भएका काम र कानुनी अवस्थाबारे जानकारी लिएकी छन् ।
बलत्कारपछि रहेको गर्भबाट बच्चा जन्माएको दाबी गर्दै आएकी निहारिकाले बच्चाको डीएनए परीक्षणको माग गरेकी छन् ।
२८ साउन २०७९, शनिवार २१:१५ बजे प्रकाशित












