डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु
डोटी,असार ६ । डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा ७ दहकालीकामा धारामा नुहाउने क्रममा करेन्ट लागेर २७ वर्षिय तुल्सी बागको मृत्यु भएको हो ।
सनिबार दिउँसो नुहाउन भनि गएकी बागको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको स्थानीय मिलन नेपालीले जानकारी दिएका छन । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
यसैबिच कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन्।
सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन्। किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
६ असार २०७७, शनिवार १४:१० बजे प्रकाशित






























