बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते

बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। शनिबार जिल्लाको मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द घाइते भएका हुन्।

आज बिहान चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको र उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ।

चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो। चन्दको घाँटी र हातमा चोट लागेको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए।

 


१४ साउन २०७९, शनिवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु