नदीमा बढ्नसक्छ आकस्मिक बहाव, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश नम्बर(१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ‘आगामी ३ दिनसम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ,’ महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘केही नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुनसक्छ ।’

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । विशेषगरी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।


१४ साउन २०७९, शनिवार १०:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु